बाँकेबाट शव लिएर सल्यान जादै गरेको जिप दुर्घटना , तिन जना गम्भिर घाईते

दाङ, २४ जेठ । बाँकेबाट सल्यानका लागी छुटेको जिप सल्यानमा दुर्घटना भएको छ । नेपालगंजबाट शव बोकेर वनगाड कुपिण्डेको १० थापाचौर जाँदैे गरेको जिप खलङगा थाचौर सडकखण्ड अन्र्तगत वनगाड कुपिण्डेको वडा नम्वर ८ आगरनेटामा सोमवार विहान तिन बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

उहाका अनुसार भे १ च ३६६९ नम्वरको डवलक्याप जिप दुर्घटना हुदा सात जना घाईते भएका छन । घाईते हुनेमा जिप चालक बनगाड कुपिण्डे ८ वावियाका २६ वर्षिय बल बहादुर कंवर, सोहि ठाउँका ४० वर्षिय गाडी धनी होम बहादुर गिरी, बनगाड कुपिण्डे १० थापाचौर बस्ने २१ वर्षिय आईतुलाल थापा, ३२ वर्षिय खोकलाल थापा, २६ वर्षिय हुर्मति थापा, २० वर्षिय केशव थापा र ४५ वर्षिय टोप बहादुर घर्ति रहेको उहाले जानकारी दिनुभयो ।

घाईते मध्ये चालक बल बहादुर, हुर्मति र आईतुलालको अवस्था गम्भिर छ । उनीहरुलाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ । अन्य घाईतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको र अवस्था सामान्य रहेको डिएसपी थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया