केपी ओली नेतृत्व सरकारमा अहिले सम्म चौथो पटक स्वास्थ्यमन्त्री फेरिए

काठमाण्डौ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा अहिले सम्म स्वास्थ्यमन्त्रीमा चौथो पटक परिवर्तन गरिएको छ । सरकारले कोरोना माहामारीको समयमा प्रभावकारी काम गर्न नसकेको गुनासो भईरहेका बेला पाँच महिनामै फेरी स्वास्थ्यमन्त्री परिवर्तन गरिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीको ठाउँमा शेरबहादुर तामाङलाई जिम्मेवारी दिईएको छ ।उहा चौथौँ स्वास्थ्यमन्त्री हुनुहुन्छ ।

यस अघि स्वास्थ्य जनसंख्या मन्त्रालयको मन्त्रीमा उपेन्द्र यादव र भानुभक्त ढकालले जिम्मेवारी पाउनु भएको थियो ।कोरोना माहामारीको दोस्रो लहर सुरु हुदा झनै खतरा बढेको समयमा सरकारले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन गर्दा काम कारवाहीमा समस्या भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया