दाङका पुराना चालक तथा यातायात व्यावसायी केसीको निधन

तुलसीपुर, २२ जेठ । यातायात व्यावसायी तथा दाङका पुराना चालक तुलसीपुर ६ बस्ने सालिकराम केसीको ६४ वर्षको उमेरमा निधन भएको छ । उहाको कोरोना विशेष अस्पताल बेलझुण्डिमा शुक्रवार बेलुकी ६ बजेतिर निधन भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटिका सल्लाहकार समेत रहनु भएका केसीलाई कोरोना संक्रमण भएपछि बेलझुण्डि अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समय सम्म अस्पतालमा उपचाररत उहाको पछिल्नो पटक गरिएको कोरोना परिक्षण रिपोट नेगेटिभ आएको थियो । तर पनि उहाको स्वास्थ्यमा सुधार आउन नसकेपछि उपचारकै क्रममा निधन भएको हो । उहाको शनिवार विहान शितलपुरघाटमा दाहसंस्कार गरिएको छ । उहा जिल्लाका पुराना चालक मध्येको एक चालक हुनुहुन्छ भने अहिले यातायात व्यावसायी र मजदुर संगठन तिर आबद्ध हुनु भएको थियो । उहाका दुई छोरा र तिन छोरीहरु रहेका छन् । कान्छा छोरा र बुहारी अष्ट्रिलिया बस्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया