दाङमा मोटरसाईकलले ठक्कर दिदा एकजन घाइते

फाइल फाेटाे

तुलसीपुर, २० जेठ । दाङमा मोटरसाईकलले ठक्कर दिदा एकजना घाइते भएको प्रहरीले बतएको छ । घाइते हुनेमा शान्तिगर गाउँपालिका–६ रगैचा निबासी ६५ बर्षका नरबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरक्षक नविन चुडालीले जानकारी दिनुभयो ।

बबई गाउँपालिका– ६ खिलतपुरदेखि रगैचा जाँदै गरेको रा१प ८०१५ नम्बरको मोटरसाईकलले पैदलयात्री वलीलाई तुलसीपुर हापुरे सडकको रगैचामा ठक्कर दिएको थियो । घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मोटरसाईकल सहित चालकलाई खिलतपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया