लक्ष्मण विश्वकर्मा,तुलसीपुर ४ भदौ । फोटो सहितको मतदाता नामावली संकलनका क्रममा दाङमा करिव पचास हजार नयाँ मतदाता थपिएका छन् । गत साउन १ गते देखी भदौ ३ गतेसम्म मतदाता नामावली संकलनका क्रममा दाङमा ४९ हजार ४ सय २२ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
जसमा २२ हजार ६ सय ८० पुरुष रहेका छन् भने २६ हजार ७ सय ४२ महिला रहेका छन् । यस अघि दाङमा दुई लाख ९१ हजार १ सय ७५ मतदाताको संख्या रहेको जिल्ला निर्वाचन अधिकारी विजय कार्कीले बताउनु भएको छ । जसमा १ लाख ४३ हजार ४ सय ५६ पुरुष र १ लाख ४७ लाख ७ सय १७ महिला र २ तेस्रो लिङगी रहेका थिए । दाङमा अव कुल ३ लाख ४० हजार ५ सय ९७ मतदाताको संख्या पुगेको निर्वाचन अधिकारी कार्कीले बताउनु भएको छ ।
निर्वाचन आयोगले आगामी प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गदै फोटो सहितको मतदाता नामावलीका लागी पटकपटक समय थप गदै एक महिना सम्म संकलन गरीएको थियो ।पछिल्लो पटक आयोगले सम्वन्धित स्थानिय तहमा मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको थियो ।
जस अनुसार दाङका ९ वटा स्थानिय तहको कार्यालयबाट फोटो सहितको मतलाता नामावली संकलन गरीएको थियो भने घोराही उपमहानगरपालिका क्षेत्रको जिल्ला निर्वाचन कार्यालयबाट संकलन गरीएको थियो । जस मध्य जिल्ला निर्वाचन कार्यालय घोराहीमा ९ हजार ५६ पुरुष र १० हजार ३ सय ४० महिला गरी कुल १९ हजार ३ सय ९६ जनाले आफनो मताधिकार सुरक्षित गरेका छन् ।
त्यस्तैगरी तुलसीपुरबाट ३ हजार ९ सय ७२ पुरुष र ५ हजार १ सय २८ जना गरी ९ हजार १ सय ,लमहीबाट २ हजार २ सय १९ पुरुष र २ हजार ७ सय ६८ गरी जम्मा ४ हजार ९ सय ८७ ,राप्ती गाउपालिकाबाट २ हजार २ सय ४९ पुरुष र २ हजार ७ सय ६९ महिला गरी जम्मा ५ हजार १८ ,गढवा गाउपालिकाबाट १ हजार ६ सय ३७ पुरुष र १ हजार ७ सय ३५ महिला गरी जम्मा ३ हजार ३ सय ७२ ,राजपुर गाउपालिकाबाट ७ सय ७३ पुरुष र ८ सय ७७ महिला गरी जम्मा १ हजार ६ सय ५० ,शान्तीनगर गाउपालिकाबाट ७ सय २६ पुरुष र ८ सय ६६ महिला गरी जम्मा १ हजार ५ सय ९२ ,दंगीशरण गाउपालिकाबाट ५ सय ३२ पुरुष र ५ सय ८८ महिला गरी जम्मा १ हजार १ सय २० ,बबई गाउपालिकाबाट ७ सय ४६ पुरुष र ७ सय ९ महिला गरी जम्मा १ हजार ४ सय ५५ र बंगलाचुली गाउपालिकाबाट २ सय १४ पुरुष र २ सय ३७ महिला गरी जम्मा ४ सय ५१ जनाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
आयोगले साउन १ गते देखी साउन १५ गते सम्म सम्वन्धित जिल्ला निर्वाचन कार्यालयबाट नामावली बनाउने व्यवस्था गरेको थियो । त्यसपछि फेरी समय थप गदै सम्वन्धित स्थानिय तहबाट १६ गते देखी साउन ३२ गते सम्म समयसिमा तोकेको थियो । पछि फेरी तेस्रो पटक समय थप गरी भदौ १ गते देखी ३ गते सम्मको समय तोकेको थियो ।