तुलसीपुर,३ भदौ । फोटो सहितको मतदाता नामावली दर्ता गराउने समय सिमा सकिएको छ । आज अन्तीम दिन तोकेको स्थानमा पुगि आफ्नो मताधिकार उनिहरुले सुरक्षित गरेका छन । आयोगले आगामी प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गदै नामावली छुटेकाहरुका लागी पटक पटक समय थप गर्दै आएको थियो ।
पछिल्लो पटक आयोगले सम्वन्धित स्थानिय तहमा मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । जस अनुसार सम्वन्धित कार्यालयमा आज अन्तिम दिन विहानै देखी नामावली बनाउनेहरुको भिड लागेको थियो । यता दाङका नौ स्थानीय तहमा विहानै देखी भिड लागेको देखिन्थ्यो । आयोगले यस अघि साउन १ गते देखी साउन १५ गते सम्म सम्वन्धित जिल्ला निर्वाचन कार्यालयबाट नामावली बनाउने व्यवस्था गरेको थियो ।
त्यसपछि फेरी समय थप गदै सम्वन्धित स्थानिय तहबाट १६ गते देखी साउन ३२ गते सम्म समयसिमा तोकेको थियो । आयोगले नागरिकहरुको माग अनुसार तेस्रो पटक तिन दिन समय थप गरी भदौ १ गते देखी आज ३ गते सम्मको समय तोकेको थियो ।
यसैविच दाङमा ४७ हजार बढिले आफ्नो नामावली दर्ता गराएका छन । शुक्रवार सम्म २५ हजार ५ सय ६ महिला तथा २१ हजार ६ सय ७ पुरुष गरी ४७ हजार १ सय १३ जनाले आफ्नो मताधिकार सुरक्षित गरेको जिल्ला निर्वाचन अधिकारी विजय कार्किले बताए ।।