देशभर आठ हजार दुई सय तीन जनामा कोरोना पुष्टि

काठमाण्डौ, ४ जेठ । वितेको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेको छ । यस्तै काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय ३५ जनामा पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डौमा दुई हजार ४९ जना, भक्तपुरमा दुई सय २१ जना र ललितपुरमा तीन सय ६५ जना थपिएका छन् ।

यस्तै कोरोनाबाट थप एक सय ९६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पाँच हजार चार सय ११ पुगेको छ । यस्तै ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या तीन लाख ५२ हजार चार सय १४ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको संख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया