कोरोना अस्पताल बेलझुण्डिमा उपचाररत पाँच जनाले कोरोना जिते

तुलसीपुर, ४ जेठ । कोरोना बिशेष अस्पताल बेलझुण्डिमा उपचाररत पाँच जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमण भएपछि विभिन्न समयमा अस्पतालमा भर्ना भएका उनीहरु संक्रमण मुक्त भएपछि मंगलवार डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । उहाका अनुसार तुलसीपुर १८ का दुई जना पुरुष, घोराही १४ र १५ का गरी दुई पुरुष तथा बबई गाउँपालिका ३ का एक महिला गरी पाँच जनालाई डिस्चार्ज गरिएको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया