काठमाडौं जिल्लामा आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइँदै

काठमाण्डौ, २ जेठ । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । आईतवार बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाउने कार्यक्रम रहेको बताइएको छ। खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन्।खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाउन पाइनेछ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया