तुलसीपुरमा एक महिनामा दुई हजार दुई सय बढिलाई कोरोना पुष्टि

तुलसीपुर, २ जेठ । वितेको एक महिनाको अवधीमा तुलसीपुर क्षेत्रका दुई हजार दुई सय बढि नागरिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना माहामारीको दोस्रो लहर सुरु भए संगै गएको बैशाख १ गतेदेखी जेठ १ गते सम्म तुलसीपुरका दुई हजार दुई सय बत्तिस जनालाई संक्रमण पुष्टि भएको हो ।

जसमा सात सय ३७ जना हाल कोरोना मुक्त भएका छन् भने अहिले संक्रिय संक्रमितको संख्या एक हजार चार सय त्रिपन्न रहेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । उहाका अनुसार संक्रमित मध्ये हाल सम्म ४२ जनाको ज्यान गएको हो । संक्रमित हुनेमा पुरुषको संख्या धेरै रहेको छ ।
आईसोलेसन सेन्टरमा २६ जना उपचाररत
तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको अक्सिजन सहितको आईसोलेसन सेन्टरमा हाल २६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । फोकल पर्सन केसीका अनुसार सन्चालन भएदेखी हाल सम्म ४७ जना भर्ना भएकोमा ८ जना डिस्चार्ज, ९ जनाको रिफर र ४ जनाको मृत्यु भएको छ ।

६० जनामा कोरोना पुष्टि
वितेको २४ घण्टामा तुलसीपुरका ६० जना नागरिकलाई कोरोना पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ६० जनालाई संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । यस्तै वितेको २४ घण्टामा ११३ जना संक्रमितले कोरोनालाई जितेर कोरोनामुक्त भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया