कोराना अस्पतालद्धारा अक्सिजनको सहज आपुर्ति बनाईदिन अपिल

सांकेतिक फाईल फोटो

तुलसीपुर , २९ बैशाख । कोरोना विशेष अस्पताल बेलझुण्डिमा अक्सिजनको अभावकै कारण कोरोना संक्रमित विरामीको ज्यान जोखिममा परेको भन्दै सहज आपुर्तिको व्यवस्थापन गरीदिन अस्पतालले सवैमा अपिल गरेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको भन्दै यसको प्रर्याप्त र सहज आपुर्तिका सवैमा सहयोगको याचना गरिएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीले कोरोना संक्रमितका विरामीका लागी अनिवार्य आबश्यक पर्ने अक्सिजनको अभावले गर्दा समस्या भईरहेको छ ।

मंगवार मात्रै अस्पतालमा उपचाररत ८ जना संक्रमितको अक्सिजन नपाएरै मृत्यु भएको खवर सार्वजनिक भएपछि अस्पतालका व्यवस्थापक दोर्ण वलीले अब अक्सिजन सहज आपुर्ति नहुदा सम्म थप नयाँ बिरामी भर्ना लिन नसकिने जानकारी दिनुभएको छ । अक्सिजन बिना बिरामी भर्ना गर्न अत्यधिक कठिनाई हुने गरेको व्यवस्थापक वलीले बताउनु भयो । व्यवस्थापक वलीले यस्तो संकटको बेला बिरामीको जिवन रक्षाका लागी समयमै अक्सिजन व्यवस्थापनमा पहल गरीदिन दाङका मन्त्री, पुर्व मन्त्री, सांसद, पाटीका नेता, समाजसेवी लगाएत सम्पुर्ण सरोकारवालाहरु संग अपिल गर्नु भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार
प्रतिक्रिया