होम आईसोलेसनमा बसेका तुलसीपुरका एक संक्रमितको अस्पताल नपुग्दै मृत्यु

तुलसीपुर, २७ बैशाख । होम आईसोलेसनमा बसेका एक संक्रमितको अस्पताल नपुग्दै मृत्यु भएको छ । तुलसीपुर ४ का ५० बर्षिय पुरुषको सोमवार दिउँसो होमआईसोलेसनमै मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमै बस्दै आउनु भएका उहाको स्वास्थ्य समस्या जटिल बनेपछि अस्पताल लैजाने तयारी गरिएको थियो । मृतकका आफन्तीले कोरोना विशेष अस्पताल लैजाने भन्दै एम्वुलेन्स बोलाएका थिए । तर एम्वुलेन्स घर पुगेपनि मृतक पुरुषको एम्वुलेन्समा नबस्दै मृत्यु भएपछि उहाको सोमवार दिउँसो दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया