प्युठानमा थप दुई जना संक्रमितको मृत्यु

दाङ, २७ बैशाख । प्यूठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । आईतबार मात्रै प्यूठानमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ की ७८ बर्षिय महिलाको होम आईसोलेशनमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री प्यूठानका अहेव मुकुल कवरले जानकारी दिनुभयो । उहाका अनुसार वैशाख १९ गते ती महिलालाई एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

त्यस्तै जिल्लाको स्वर्गद्वारी नगरपालिका – १ कोचिबाङकी ३० वर्षीय महिलाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारको क्रममा मृत्यु भएको अहेव कवंरले जानकारी दिनुभयो उहालाई पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। स्वर्गद्वारीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको कँवरले बताउनुभयो । यो संगै प्यूठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया