रोल्पामा आगलागी पीडितलाई सहयोग गर्न गाउँपालिकाको अपिल

दाङ, २७ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिकाले आगलागीबाट पीडितलाई सहयोग गर्न अपिल गरेको छ । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले आईतवार विज्ञप्ति जारी गर्दै सहयोगका लागि सार्वजनिक अपिल गर्नुभएको हो । त्रिवेणी गाउँपालिकाको वडा नम्वर २,३ र ६ स्थिति विभिन्न सामुदायिक वनमा वैशाख १४ गतेदेखि फैलिएको डढेलोले ठूलो संख्याका घर गोठ नष्ट गरेको थियो ।

साथै वैशाख १६ र १७ गते असिनापानीसँग परेको चट्याङले किसानले लगाएके तरकारी खेतीमा क्षति पुराएको थियो । प्राकृतिक प्रकोपबाट वडा नंम्वर २,३ र ६ का बर्तिवाङ,पिराले,चित्रेडाँडा,धानबाङ,काफलचौर,रत्वानी लगायतका गाउँमा ठूलो संख्या र घर गोठ जलेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष वलीले अपिल जारी गर्दै पीडित परिवारलाई राहत प्रदान गर्न तथा नष्ट भएका घर पुनःनिर्माण गर्नका लागि सरकारी कार्यालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था र देश तथा विदेशमा रहेका सबैलाई सहयोग गर्न आग्रह गनुभएको हो । उक्त आगलागी र चट्याङले ३५ घर नष्ट भएका थिए । अहिले ३५ घरका झण्डै डेढ सय जना घरपरिवारको विचल्ली भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया