सल्यानमा होम आइसोलेशनमा बसेका दुई महिलाको मृत्यु

दाङ, २७ बैशाख । सल्यानमा होम आइसोलेशनमा बसेका दुई महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ की ४१ वर्षकी र कपुरकोट गाउँपालिका ५ कि ३६ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो । यो सँगै सल्यानबाट कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
२४ जना संक्रमित डिस्चार्ज

सल्यानमा आईतवार एन्टिजेन परिक्षण गर्दा ३० नयाँ संक्रमित थपिएका छन् । थपिनेमा छत्रेश्वरी गाउँपालिकाका २, त्रिवेणी गाउँपालिकाका १८, शारदा नगरपालिकाका ७ र बनगाड कुपिण्डे नगरपालिकाका ३ रहेका छन् । यस्तै कोरोना निको भएर आज २४ जना डिस्चार्ज भएको कार्यालयले जनाएको छ ।वैशाख देखि हालसम्म जिल्लामा ११ सय ४७ जना डिस्चार्ज भइसकेका छन् ।जिल्लामा हालसम्म ४ सय ५७ जना सक्रिय संक्रमित रहेको कोरोना फोकल पर्सन पुनले जानकारी दिनुभयो । उहाका अनुसार सल्यान अस्पतालमा २४, सस्ंथागत आइसोलेशनमा १३ र ४ सय २० जना होमआइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २७ गते सोमवार
प्रतिक्रिया