ट्याक्टर र मोटरसाइकल  ठाेक्किदा एक जनाको मृत्यु

सांकेतिक फाेटाे

देउखुरी, २४ बैशाख । ट्याक्टर र मोटरसाइकल ठाेक्किदा  देउखुरीमा  एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ बालापुरमा पश्चिम बाट पूर्व तर्फ आइरहेको रा १ त २४५० नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिम तर्फ गैरहेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल  ठाेक्किदा गढवा–६ घोराहा निवासी ६० बर्षिय तिखाराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक गढवा–७ मानपुर निवासी ४८ बर्षिय चुडामणी पौडेल घाइते भएका छन । पौडेलको हातमा गम्भीर चोट लागेको छ ।

लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारको लागि घोराही लगिएको छ । ठक्कर दिने ट्याक्टर र चालक दुबै प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया