दीप बस्न्यातलाइ ५ लाख धरौटीमा रिहागर्न सर्वोच्चअदालतको आदेश

काठमाण्डौ, २४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धानआयोगकापूर्व प्रमुख आयुक्तदीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहागर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो । कारागार कार्यालय डिल्ली बजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हाल्नुभएको थियो ।

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश गरेको थियो । कारागारमा रहँदा कोरोना सङ्क्रमण भएपछि बस्नेतको तर्फबाट अधिकारीले वन्दीप्रत्यक्षीकरणको रिट हाल्नुभएको हो । आफु मुटुको रोगी समेत भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया