शुक्रवार नौ हजार बढिमा कोरोना पुष्टि

काठमाण्डौ, २४ बैशाख । नेपालमा ९ हजार २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोग शालामा गरिएको १९ हजार ९८७ परीक्षणबाट शुक्रवार ९ हजार २३ जना सङ्क्रमित फेला परेका हुन् । काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १ सय६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ लाख७७हजार ६०३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । शुक्रवार कोरोनाबाट ५० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । सक्रिय सङ्क्रमित७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३ सय ८० जना रहेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया