दाङमा अब हप्ताको दुई दिन बैंक खुल्ने (विस्तृतमा )

दाङ, २४ बैशाख । दाङमा हप्ताको दुई दिन बैंकहरु खुल्ने भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन अवधीभर हप्ताको दुई दिन विहान ११ बजेदेखी दिउँसो १ बजे सम्म बैंक खुला गर्ने निर्णय गरेको हो । बैंकहरुको समयतालिका निर्धारण गरिएको छ । ती बैंकहरुले आफनो पालो अनुसार सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

यस्तैगरी बैठकले जिल्लाका दुई उपमहानगरपालिका र नगरपालिकाले दुई सय तथा अन्य गाउँपालिकाले एक सय अक्सिजन सिलिण्डर खरिद गर्ने निर्णय भएको छ । यसका लागी पालिकाहरुले प्रदेश सरकार र संघिय सरकार संग समन्वय गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो । साथै विकास निर्माणका सामग्री ढुवानीका लागी बेलुका ६ बजेदेखी नौ बजे सम्म समय खुला गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया