कोरोनाकै कारण तुलसीपुरका एक पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु

तुलसीपुर, २४ बैशाख । दाङको तुलसीपुरमा रहेको कोरोना विशेष अस्पताल बेलझुण्डिमा शुक्रवार थप एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार तुलसीपुर २ बस्ने ३२ बर्षिय एक पुरुषको उपचारकै क्रममा शुक्रवार दिउँसो साढे १२ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

व्यवस्थापक वलीका अनुसार उहा गत सोमवार देखी एचडियु कक्षमा उपचाररत हुनुहुन्थ्यो । यस अघि दिउँसो १२ बजे प्युठानकी एक महिलाको सोहि अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया