हरनेटीमा ट्रक दुर्घटना हुदा चालक घाईते

तुलसीपुर, २४ बैशाख । राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर ३ हरनेटीमा ट्रक दुर्घटना हुदा चालक घाईने हुनु भएको छ । सल्यानबाट दाङ तुलसीपुर तर्फ आउदै गरेको ना ६ ख ३३३० नम्वरको ट्रक शुक्रवार दिउँसो एक बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ट्रक चालक सल्यानको बागचौर नगरपालिका १० मोखला बस्ने २१ बर्षिय निम बहादुर सुनार रहेको डिएसपी सिंहले जानकारी दिनुभयो । घाईते सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया