रेडियो प्रकृतिका सल्लाहकारद्धारा अक्सिजन बैंकलाई ५० हजार सहयोग

तुलसीपुर, २४ बैशाख । तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएम सन्चालक समितिका सल्लाहकार नेत्रमणि लामीछानेले तुलसीपुर उपमहानगरपालिकालाई आर्थिक सहयोग गर्नु भएको छ । तुलसीपुरका प्रतिष्ठित समाजसेवी लामीछानेले कोरोना संक्रमित विरामीहरुको लागी आबश्यक पर्ने अक्सिजन व्यवस्थापनका लागी तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको अक्सिजन बैंकलाई ५० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया