तुलसीपुरका एक शिक्षकको निधन

तुलसीपुर, २४ बैशाख । अल्पआयुमै उमेरमा तुलसीपुरका एक शिक्षकको निधन भएको छ । तुलसीपुर ६ गाईडहर निवासी ४२ बर्षिय ऋषिकेस केसीको शुक्रवार विहान निधन भएको उहाका आफन्तीले बताएका छन् । राप्ती विद्या मन्दिर विद्यालयमा कार्यरत शिक्षक केसी केहि दिन देखी अस्वस्थ्य हुनु भएको थियो ।

स्वास्थ्य थप समस्या आएपछि उहा विहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागी पुग्नु भएको थियो । उपचारकै क्रममा उहाको निधन भएको उहाका आफन्तीले बताएका छन् । उहाका आफन्तीका अनुसार उहाको कोरोना परिक्षण भने गरिएको छैन ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया