जिप दुर्घटना चालक सहित ५ जनाको मृत्यु , पाँच जना घाईते

काठमाण्डौ, २१ बैशाख । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल बैैतडी लैजादै गरेको जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मंगलवार दिउसो से १ ज १८३ नम्बर को जिप पञ्चेश्वर गाउँपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटना हुदा चालक सहित ५ जनाको मृत्यु भएको हो । ४ जनाको घटनास्थलमै र चालकको उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा चालक तेज भण्डारीसँगै पञ्चेश्वर गाँउपालिका वडा नं ६ का अन्ताजी ३० वर्षीय डम्मर सिह भण्डारी, ५० वर्षीय जित सिह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिनुभयो । जिपमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारको लागि जिल्ला अस्पताल लगीदैछ । सोमवार राती वडा नं ६ कै वडा सदस्य गाबिन्द सिह भण्डारीको मृत्यु भएको थियो । उहाकै शव पोष्टमाटमको लागि जिल्ला अस्पताल लैजादै गर्दा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया