तुलसीपुर,२९ साउन । लगातारको बर्षाका कारण तुलसीपुर ११ मोतिपुर गाउको खेत पुरै डुवानमा परेको छ । केहि घरमा पानी पस्न सुरु गरेकाले स्थानियहरु त्रसित भएका छन । त्यहा रहेका बस्ती खतरामा रहेको स्थानिय मोतिलाल चौधरीले जनाएका छन । उनका अनुसार बबई नदिको नजिकको बस्तीमा रहेका लत्ता कपडा,भाडा वर्तनहरु अन्यत्र सार्ने काम भैरहेको छ ।
पानी निरन्तर परीरहेकाले पनि सामान सार्न कठिनाई भएको छ । अरु सामान सारीएपनि अन्नपात सार्न नसकिएको चौधरीले बताए । यस्तै पश्चिम बबई गाउपालिका वडा नम्बर ७ मा बाढिले ३ घर बगाएको छ । त्यहा ७० घर जोखिममा रहेको चुर्ण बहादुर वलीले जानकारी दिनुभएको छ । वडाको कृष्णपुर,कालिचरा र डाडागाउ जोखिममा छन ।
यस्तै वडा नम्बर ५ ट्वाङखोलामा १ वटा पसल वगाएको छ । शुसिल खड्काको पसल बगाएको छ । तुलसीपुर घोरीही लमहि सडक खण्ड अवरुद्ध छ । त्यसैगरी शितलपुर तुलसीपुर सडक खण्ड अवरुद्ध भएको बताईएको छ ।
साविकको फुलवारी गाविसमा आज थप ३ घर बगाएको पत्रकार देविराम कुसारीले जानकारी दिनुभएको छ । यस्तै दगिँशरण गाउपािलका १ र २ मा पनि बाढिको जोखिम रहेको बताईको छ ।