तुलसीपुरमा थप दुई जनाको घरमै मृत्यु

तुलसीपुर, २१ बैशाख । तुलसीपुरमा थप दुई जनाको होम आईसोलेसनमा मृत्यु भएको छ । तुलसीपुर ६ का एक पुरुष र वडा नम्वर १७ का एक पुरुषको होम आईसोलेसनमै मृत्यु भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।

तुलसीपुर ६ का पुरुषमा कोरोना रिापेट पोजेटिभ आएको र वडा नम्वर १७ का पुरुषको भने कोरोना परिक्षणका लागी नुमना स्वाव संकलन भएको तर रिपोट आउन बाँकी रहेको उहाले जानकारी दिनुभयो । उनीहरु दुवै जनाको स्वास्थ्यमा समस्या आएपछि होम आईसोलेसनमा बस्दै आउनु भएको थियो । यस्तैगरी सल्यान ठेगाना भएका हाल तुलसीपुरमा बस्दै आएकी एक महिलाको पनि मृत्यु भएको छ । यद्यपी उहाको कोरोनाका कारण हो वा होईन भन्ने पुष्टि बाँकी छ ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया