कारभित्र तिन बालक मृत अवस्थामा देख्ने को हुन् (यस्तो छ घटनाको प्रकृति)

तुलसीपुर, १९ बैशाख । तुलसीपुर ६ बरुवागाउँ देखी दक्षिण तर्फ राप्ती बबई क्याम्पस जाने सडक बाटो छ । जुन सडकबाटो वरपर धेरै जसो खाली जमिन (खेत)पनि छन् । स्याउली बजार देखी पश्चिम तथा राप्ती बबई जाने सडक देखी उत्तर तर्फ पर्दछ । जहाँ एउटा राईस मिल छ । त्यहा मानव बस्ती संगै खाली जमिन रहेको ठाउँ छ ।जुन ठाउँमा पार्किङ गरी राखीएको भारतिय नम्वर प्लेडको कार भित्र शनिवार साँझ तुलसीपुर ६ गाईडहरका तिन बालक मृत भेटिएका छन् । कारभित्र बालक मृत अवस्थामा रहेको कसरी र कसले देख्यो भन्ने कुरामा कतिपय नागरिकको जिज्ञासा छ । पिडितका अनुसार स्थानिय वा प्रहरीले देखेका होइनन । कार पार्किङ भएको ठाउँमा बैशाख १८ गते शनिवार साँझ पख अर्को एउटा गाडी पार्किङ गर्न ल्याईयो । जुन गाडीको चालकले कार भित्र बालक मृत अवस्थामा देखे । उनैले स्थानियलाई भनेपछि प्रहरीलाई खबर भएको हो ।
कसरी मृतक बालकको पहिचान खुल्यो
तुलसीपुर ६ गाईडहर बस्ने कृष्ण परियार दैनिकी ज्याला मजदुरी गर्नुहुन्छ । उहाका दुई छोरा र एक छोरी थिए । ती मध्येका जेठा छोरा हुन् करण परियार । उनी तुलसीपुर सेन्टर स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् । कोरोनाका कारण आजभोली विद्यालय बन्द छन् । कृष्ण मजदुरी गर्ने भएकाले बैशाख १६ गते विहान सधै झै काम गर्न घर बाहिर निस्कनु भयो । उहाले जेठो छोरा करण सहित अरु छोराछोरीलाई घरमै बस्न आग्रह गर्नु भयो । धेरै टाँढा कतै नजानु भनेर सम्झाई बुझाई गर्नुभयो ।उहा काममा निस्किएर बेलुका घर फर्कनु भयो ।

तर जेठो छोरालाई घरमा नदेखेपछि कतै साथीहर संग घुम्न गएको होला साँझ सम्म आईहाल्छ भन्ने मनमा लाग्यो । केहि दिन अघिको स्मरण गदै कृष्णले तुलसीपुर खबरडटकम संग भन्नुभयो, खाना खाने समय भयो छोरा नआएपछि सोधखोज गर्न थाल्यौ ।तर नभेटिएपछि रात पदै गयो छोराको सोधखोज गदै जाँदा छिमेकी दुई घरका बालक पनि घरमा नभएको थाहा भयो ।त्यसपछि बैशाख १७ गते विहान देखी फेरी तिन जना बालकका अभिभावकहरु हामी खोजेपनि नभेटेपछि प्रहरीलाई जानकारी गराएको उहाले बताउनु भयो । प्रहरीले भने आफुहरुको सुचना सामान्य रुपमा लिएको उहाको आरोप छ ।

बालक हराएको निवेदन दिन पुगेको बेला कोरोना माहामारीको बाहाना गराउदै प्रहरीले पिडितको कुरा खासै सुनुवाई नगरेपछि आफुहरु प्रहरी संग चर्को स्वरमा बोलेपछि मात्रै दर्ता भएको उहाले बताउनु भयो ।१७ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा तिन जना बालक हराएको भनि निवेदन दर्ता भयो । बैशाख १७ गते प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको भोली पल्ट अर्थात बैशाख १८ गते राती अन्दाजी आठ बजेतिर प्रहरीबाट फोन आयो मृतक करण परियारका बुवा कृष्णले भन्नुभयो , अनि प्रहरीले तपाईहरुले बालक हराएको भनेर निवेदन दिनु भएको हो ? भनेर सोधेपछि मैले हो हजुर भने ।फेरी प्रहरीले कति बालक हराएका थिए ,तिन जना हो भनेपछि हजुर हो ,कतै भेटिएर भनि सोधेपछि प्रहरीले तिन वटा बालक भेटिएका छन् भन्दा मैले कहाँ छन् राम्रै छन् भनेर सोध्दा आफुहरुलाई घटना स्थलमा बोलाएको उहाको भनाई छ ।
घटना स्थलमा जाँदा कार भित्र लाईट लगाएर हेर्दा मृत देखेपछि म झसङग भए उहाले भन्नु भयो, गाडीमा लक गरिएको थियो तत्काल खुलेन । तर तिन बालक मृत देख्दा आफनै बालकहरु हुनकी भन्ने डर लागेको उहा बताउनुहन्छ । तै पनि दुविदा भयो ।मन थाम्नै मुस्किल भयो,छटपटटी भयो तर गाडीको ढोका खोल्न झन्डै डेढ घण्टा लाग्यो । रिर्मोटवाला लक भएकाले निकै सकस भयो अनि बल्ल गाडीको सिसा खोलेर भित्र हेर्दा अनुहार नचिनिने अवस्था थियो तर कपडा र चप्पलबाट चिनेको उहाले बताउनु भयो ।
घटनाको प्रकृति कस्तो थियो
वरपर मानव बस्ती छ । बिचमा खाली जग्गा छ । गाडी पार्किङ अवस्थामा थियो । गाडी भित्र पछाडीको सिट माथी एक जना बालक र सिट मुनि दुई जना बालक घोप्टो परेको अवस्थामा थिए । पिडितका अनुसार तिनै जना बालकको आँखा छैनन् ।दुई जना बालकको शरीरमा कुनै कपडा थिएन, एक जना बालक अर्धनग्न अवस्थामा थिए ।मृतक तिनै जना बालकको टाउको मुनि उनीहरुका कपडा सिरानी झै राखीएको थियो । तिनै जना बालकको शरीरमा एसिड हाले झै शरीर चिराचिरा परेको र पानीका फोका जस्तै देखीन्थ्ये ।उनीहरुका कपडाहरु रताम्मे थिए ।
घटना रहस्यमय
घटनाको प्रकृति हेर्दा रहस्यमय रहेको पिडितहरुको भनाई छ । घटना रहस्यमय भएकाले सत्यतथ्य छानविन गरी दोषीलाई हदै सम्मको कारवाही हुनुपर्ने पिडितहरुको माग छ । आफुहरुको कसै संग कुनै लेनदेन तथा दुस्मनी नभएको भन्दै निर्दोष बालकहरुको योजनाबद्ध रुपमा निर्मम हत्या गरिएको भन्दै पिडित पक्षहरुले दोषीको पहिचान गरी कडा कारवाही गरी उचित न्याय आफुहरुले पाउनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार
प्रतिक्रिया