तुलसीपुर,२८ साउन । तीजलाई भड्कीलो नबनाउन एक कार्यक्रमका सहभागीले बताएका छन् । परम्परा जोगाउने नाममा चाडपर्वलाई भड्किलो र खर्चिलो नबनाउन उनिहरुले आग्रह गरेका हुन । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटीको आयोजना तथा नेपाल राष्टिय वाणिज्य संघ तुलसीपुरको सहयोगमा आज तुलसीपुरमा आयोजना गरीएको तिज विशेष कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन ।
हिन्दु महिलाहरुको महान्चार्ड हरितालिका तीजको अवसर पारि साँस्कृतिक कार्यक्रम तथा दरखाने कार्यक्रम आयोजना गरीएको हो । वडा कमिटीका अध्यक्ष मिनराज वलीको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमिटि सचिव हिरा चन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्य, राष्टिय वाणिज्य संघका अध्यक्ष टोप बहादुर घर्ति, सल्लाहकार खगेन्द्र पोख्रेल,तुलसीपुर उद्योग वाणिज्य संघका निबर्तमान सदस्य पवित्रा केसी, राष्टिय वाणिज्य संघका सदस्य कमला महरा लगाएतले वोल्नु भएको थियो । कार्यक्रममा महिलाहरुले नाँचगान गरेका थिए भने कार्यक्रमको सहजीकरण सेवकराम भण्डारीले गर्नु भएको थियो ।।