जनश्रमिक प्रावि विव्यसको अध्यक्षमा बुढाथोकी

तुलसीपुर, १६ बैशाख । तुलसीपुर ५ मा रहेको जनश्रमिक प्राथमिक विद्यालय व्यवस्थापन समितिको नेतृत्व चयन गरिएको छ । तुलसीपुर ५ का वडा अध्यक्ष विरेन्द्र शाहको विशेष उपस्थितिमा सर्वसम्मत निर्वाचित पदाधिकारीको नाम विहिवार घोषणा गरिएको छ । विद्यालयको अभिभावक भेलाले समितिको अध्यक्षमा उमलाल बुढाथोकीलाई सम्मत चयन गरेको छ ।

समितिको सदस्यहरुमा दिपक वली, रामचन्द्र गौतम, सुजाता परियार, पार्वती विक र सिता खत्री चयन हुनु भएको छ । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा पवित्रा मल्ल चयन हुनु भएको छ । सदस्यहरुमा भेषकुमारी बस्नेत, रोजिना परियार, शान्ती वली, दुर्गा सुनार, प्रेम नेपाली र पवित्रा केसी चयन हुनु भएको छ ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य लाल बहादुर विक, बुद्धनगर टोल विकास संस्थाका सचिव टिकाराम पुन, बिशाल नगर टोल विकास संस्थाका अध्यक्ष कुल बहादुर भण्डारी लगाएतले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया