दाङमा करेन्ट लागेर एकैघरका दाजुभाइ घाइते

तुलसीपुर, १६ बैशाख । करेन्ट लागेर दाङमा एकै घरका दाजुभाइ  घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–१ बाँकी निबासी १८ बर्षका बिमल डाँगी र १५ बर्षका भुवन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । बिहान १० बजे दंगीशरण गाउँपालिका–१ बाँकी रामपुरमा ना३ख ९५९२ नम्बरको बसको छतमा पलाष्टिकको ड्रम राख्ने क्रममा विद्युतको नाङ्गो तारले छुदाँ करेन्ट लागेका थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया