खानेपानी र सरसफाईमा रेडक्रसको भुमिका उल्लेख्य

बसन्त परियार,तुलसीपुर २७ साउन । सामुदायिक स्वास्थ्य र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अर्धबार्षिक समिक्षा बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । बैठकमा सहभागिहरुले रेडक्रसले खानेपानी र सरसफाईमा उलेख्य योगदान गरेको चर्चा गरेका थिए । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखाको आयोजनाामा भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले रेडक्रसले गर्दा नै विद्यालयको सरसफाई सह्रानिय रहेको बताएका थिए ।

हालसम्म सञ्चालन गरीएका कार्यक्रमले सफलता प्राप्त गरेको भन्दै आगामि दिनमा पनि रेडक्रसले प्रशँसा योग्य काम गर्नुपनैमा उनिहरुको जोड थियो । रेडक्रसका जिल्ला सभापति नारायण आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम भएको थियो ।

जिल्ला उपाध्यक्ष ईश्वर पोखरेलको स्वागत मन्तव्य बाट सुरु भएको स्वंयेसविका सभद्रा रेग्मी,आमा समुहका लिला जिसी,खानेपानी सरसफाई समितिका धर्मनाथ योगि,साविक पञ्चकुले गाविस सचिब चन्द्र बहादुर डागी,धर्नारी स्वास्थ्य चौकिका गणेश कुमार डागी,पक्रकार गोविन्द खड्का लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण कार्यक्रम सँयोजक विश्राम अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ साउन २७ गते शुक्रवार
प्रतिक्रिया