तुलसीपुरमा २८ बर्षका युवकको मृत्यु

तुलसीपुर, १४ बैशाख । गएराती राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक युवकको मृत्यु भएको छ ।

२/३ दिनदेखि ज्वरो आएका तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निबासी २८बर्षका युवकलाई स्वासप्रस्वासमा समस्या देखिएपछि गएराति नै अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा राती १२ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया