सवारी दुर्घटनामा परि दुई बालिकाको मृत्यु

दाङ, १२ बैशाख । रुपन्देहीको कोटिहवामा टिप्परले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया