देशभर २४ घण्टामा तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डौ, १२ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ । २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया