राष्ट्रिय सभा सदस्य पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने 

काठमाण्डौं, १० बैशाख ।गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारवाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नु पर्ने व्यवस्था भए अनुसार मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि१४ गतेसम्म आयोगमा निवेदन दिन पनि भनेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया