एक वर्षसम्म पनि आईसीयू मेसिन सञ्चालनमा आएन 

सांकेतीक फाईल फोटो

काठमाण्डौं, ९ बैशाख ।एक बर्षअघि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भित्र्याइएको आईसीयू मेसिन अझैँ सञ्चालनमा आउन सकेको छैन । गतवर्ष पहिलो चरणको कोभिडको सङ्क्रमण रहेकै बेला स्वास्थ्य मन्त्रालयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब दुई करोड मूल्य बराबरको आईसीयू मेसिन उपलब्ध गराएको थियो ।

सञ्चालनका लागि आवश्यक ग्याँसप्लान्ट र लिफ्टको व्यवस्था नहुँदा मेसिन सञ्चालन हुन नसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सेवा सञ्चालनका लागि आवश्यक पहल भइरहेको र केही समयपछि सेवा सञ्चालन हुने बताइएको छ । मेसिनको २०७७ साल बैशाख ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर संगिंता भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया