सर्वोच्चमा नेपाल समूहले दर्ता ग¥यो अध्यक्ष ओलीविरूद्धको रिट 

काठमाण्डौं, ९ बैशाख ।नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । हिजो पेश भएको रिट आज दर्ता भएको र पेशी आइतबार तोकिएको सर्वोच्च अदालतका रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुन विपरीत भएको भन्दै नेताहरू सर्वोच्च गएका हुन्। अध्यक्षले कुनै पनि बखत आफूहरूलाई दल त्याग गरेको कारबाही गर्नसक्ने पूर्ण आशंका भएकोले त्यसलाई रोक्नसमेत माग गरिएको छ । केन्द्रीय समितिलाई अबिलम्ब बोलाउनू भन्दै आदेश दिन पनि नेपाल समूहले माग गरेको छ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया