नेपालगञ्ज, ९ बैशाख । नेपालगञ्जमा बिहीबार बिहान १० बजेसम्म २ सय ४ जना संक्रमित थपिएका छन् ।भेरी अस्पताल, नेपालगञ्जका अनुसार ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिड्डुल बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगञ्जका बजार पूर्णरुपमा बन्द छन् ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ८६ वर्षीया महिलाको मृत्यु भएको छ । बैसाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते रिपोर्ट पोजिटिभ आएको थियो । उहाँको बिहिबार बिहान सबा २ बजे मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार