दाङमा हाइसले ठक्कर दिदा छोराको मृत्यु, बाबु–आमा घाइते

तुलसीपुर, ७ बैशाख । पश्चिम दाङमा हाइसले मोटरसाईकललाई ठक्कर दिदा तुलसीपुरका एक बालकको मृत्यु भएको छ भने आमा–बुबा घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निबासी ८ बर्षका बालक स्पर्श आचार्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

मृतक बालकका बुवा ३९ बर्षका सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएको डिएसपी सिंहले बताउनुभयो । पश्चिम दाङको सितापुरबाट तुलसीपुर आउँदै गरेको रा५प ५६०४ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हाइसले बबई गाउँपालिका–६ पञ्चकुलेको ओरालोमा ठक्कर दिदा दुर्घटना भएको थियो ।

पिडित परिवार सितापुरमा रहेको ससुरालीमा चैते दशैको ठिक थापेर तुलसीपुर फर्कदै थिए । घटना लगत्तै चालक फरार रहेका छन् ।सुदिपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र पार्वताको घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया