तुलसीपुरमा मगंलबार थपिए ११ कोरोना संक्रमीत

तुलसीपुर, ७ बैशाख ।तुलसीपुरमा मगंलबार ११ जना कोरोना संक्रमीत थपिएका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही र नेश्नल प्याथल्यावमा गरिएको पिसिआर परिक्षणमा वडा नम्बर ५ का २ जना , वडा नम्बर ६ का ५ जना, वडा नम्बर ७ का २ जना, वडा नम्बर ११ र ८ का एक एक जनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल के.सीले जानकारी दिनुभएको छ ।

ती मध्ये ३ जना महिला र ८ जना पुरुष रहेका छन् । मगंलबार कोरोना संक्रमण पुष्टि हुनेहरुमा वडाका जनप्रतीनिधि समेत रहनुभएको छ । यो सगैं तुलसीपुरमा हालसम्म कोरोना संक्रमीत हुनेको संख्या ९२१ पुगेको छ भने हाल सक्रीय संक्रमीत ७६ जना रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया