५ वर्ष मुनिका बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाईने

दाङ, ७ बैशाख । सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ । सोमवार खान छुटेकालाई अज(मंगलबार) पनि भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवै औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोहि अनुसार यता तुलसीपुरमा पनि सोमवारदेखी भिटामिन ए र जुकाको औषधी खुवाउन थालिएको छ । ५ बर्ष देखी मुनिका सबै बालबालिकाहरुलाई भिटामिन ए, जुकाको औषधि र वालभिटा खुवाउन थालीएको हो । सोमवार छुटेकालाई वडाका सम्बन्धित स्वास्थ्य संस्था तथा घरमै पुगेर खुवाइने जनश्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । यसका तुलसीपुर उपमहानगरपालिकामा २१८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया