तुलसीपुरलाई हेल्थ सिटिका रुपमा विकास गर्छौ :नगरप्रमुख पाण्डे

तुलसीपुर, ६ बैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर शहरलाई हेल्थ सिटिका रुपमा विकास गर्ने बताउनु भएको छ ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पाण्डेले सवै नागरिकलाई आधारभुत स्वास्थ्यको पहुँचमा पु¥याउने बताउनु भएको हो ।

साथै उहाले राप्ती प्रादेशिक अस्पताल लुम्बिनी प्रदेश स्तरिय भएकाले यसलाई थप व्यवस्थित गरी गुणस्तरिय सेवा दिने गरी काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नु भएको हो । अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकलसुपरीटेण्डेन डाक्टर विनोद सिंहले अस्पतालले गदै आएको सेवा प्रवाह र समस्या तथा चुनौतीको बारेमा जानकारी दिनु भएको हो ।

उहाले अस्पतालको स्तरबृद्धि अनुसार आबश्यक दक्षजनशक्तिको अभाव, श्रोत,साधनको अभावमा पनि गुणस्तरिय सेवा प्रभावका लागी आफुहरु निरन्तर खटिएको बताउनु भयो । साथै उहाले शौचालयको उचित व्यवस्थापन, फोहोर व्यवस्थापन, सामाजिक सुरक्षा ईकाई लगाएतका संरचनाको अभाव भएको हुदा प्रदेश सरकार संग समन्वय गरी निर्माण गरिने बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकी डाक्टर प्रमोवती थापाले अस्पतालको सेवा प्रवाह प्रभावकारी तथा गुणस्तरिय भएनभएको मुल्याङकन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाले अन्य सेवा सन्तोषजन भएपनि रिफर गर्ने प्रबृत्तिलाई न्युनीकरण गर्नुपर्ने सुझाव दिनु भयो ।

अस्पतालमा आईसियु, डाईलासिस, अप्रेशन सेवा,सिटि स्क्यान लगाएतका सुविधा हुदा हुदै पनि जिल्ला बाहिर रिफर हुने गरेको भन्दै यसमा थप व्यवस्थापन मिलाउन आग्रह गर्नु भएको हो । कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी कृष्ण चौधरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया