हतियार र गोली सहित एक जना पक्राउ

दाङ, ६ बैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ निवासी सुनिल भेडियार पाललाई अवैध हतियार र गोली सहित प्रहरीले पक्राउ गरेको छ । सुस्ता गाउँपालिका स्थित रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित २२ वर्षीय पाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया