तुलसीपुर ४मा कोरोना सचेतना फैलाउने

तुलसीपुर,६ बैशाख । तुलसीपुर ४ मा वडा स्तरिय विपद व्यवस्थापन समितिको बैठक बनहरीमा सम्पन्न भएको छ । वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा बसेको बैठकले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागी वडामा नागरिक सचेतनाका लागी प्रचारप्रसारलाई तिव्र पार्ने भएको छ ।

कोरोना सावधानी बारे जानकारी नपाएकालाई जानकारी दिने र जानकारी पाएकालाई व्यवहारमा कार्यन्वयन गर्न अपिल गदै प्रचारप्रसारलाई तिव्र पार्ने निर्णय भएको वडा सचिव चिरणजिवी खड्काले जानकारी दिनु भएको छ ।वडाका प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई जिम्मेवार बनाउने र लापरवाही गरेको पाईएमा कारवाही गर्ने निर्णय भएको छ ।

वडालाई कोरोनाबाट सुरक्षित राख्नका लागी सम्पुर्ण वडाबासीहरु सचेत हुनु पर्ने र यसमा कसैले पनि लापरवाही तथा अटेरी गर्न नहुने बैठकमा सहभागी सरोकारवालाहरुले बताएका छन् ।सवै नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने उनीहरुको जोड थियो । वडामा भोली देखी रक्षाचौरबाट कोरोना सचेतना प्रचारप्रसार अभियान सुरुवात गरिने भएको छ । सवैलाई पाएक पर्ने गरी प्रत्येक टोलका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर कोरोना सावधानी अपनाउन आग्रह गदै अपिल पत्र समेत प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया