झण्डै दुई लाख नगद सहित दाङमा पाँच जना जुवाडे पक्राउ

दाङ, ६ बैशाख ।दाङमा प्रहरीले पाँच जना जुवाडेलाई नगद सहित पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही १५ बस्ने २७ बर्षिय खगेन्द्र सापकोटा, सोहि वडा बस्ने ४३ बर्षिय झुपल केसी, ४३ बर्षिय बालाराम खड्का, २४ बर्षिय मरिजमान खड्का र ३५ बर्षिय चन्द्र बुढा रहेका छन् ।

जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले सोहि वडाको बालमन्दिर टोल स्थित झुपल केसीको घरबाट नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो । उनीहरुको साथबाट प्रहरीले एक लाख असि हजार रुपैया नगद, तिन गड्डी तास र गलैचा बरामद गरेको बताएको छ ।पक्राउ परेकाहरु माथी जुवा कसुरमा थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया