भेरी अस्पताल नेपालगञ्जमा लापरबाही ,शल्यक्रिया गर्दा पिसाब गर्ने नलि काटिएपछि…

मिना बुढाथोकी,सल्यान २५ साउन । भेरी अञ्चल अस्पताल नेपालगञ्जको लापरबाहीले सल्यान की एक महिलाको शल्यक्रिया बिग्रीएको छ । जिल्लाको थारमारे ठिनबाङ निवासी १९ बर्षिय नितु सुनारको पेट बाट बच्चा निकाल्नको लागी पुस २० गते शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया सफल भए पनि बच्चा निकालेको घाउ सिलाउने क्रममा डाक्टरको लापरबाहीले गर्दा मेरी श्रीमती नितुको दिसा पिसाब गर्ने नली काटिएको श्रीमान भोला सुनारले बताउनु भयो ।

भोलाले भन्नु भयो –“शल्यक्रिया बाट बच्चा निकालेपछि हामीलाई चार दिन पछि टांका खोल्न आउनु भनी त्यहहांबाट पठायो हामी त्यही दिन नेपालगन्ज ससुरालीमा बस्यौं । ” ससुराली घर पुगेको दोस्रो दिन बाट श्रीमतिलाई अप्mठेरो महसुुस हुदै गएपछि तेस्रो दिनमानै फेरी अस्पताल पुग्यौं उहाले भन्नु भयो । “अस्पताल पुग्दा त्यहां हामीलाई चिन्दैनौं भने जब हामीले यसै अस्पतालमा शल्यक्रिया गरेको हो भन्यौं अनि मात्र त्यहा राखे र टांका काटी दिए । ”

श्रीमतिको उपचारका लागी आर्थिक रकम संकलन गर्न सदरमुकाम पुगेका उहाले थप्नु भयो –“ दिसा पिसाबको नली काटिएको थाहा पाएपछि सोध्न खोज्दा त्यहां कार्यरत हेमा छन्त्यालले आफ्रनी श्रीमतिलाई हतापात गर्दै तिम्रै कारणले भएको होला हामीले केही गरेका छैनौं भनी धम्काएको र हामी केही गर्न सक्दैनौ भनी पठाएको भोलाको भनाई छ । ”

पेटमा बच्चा ठूलो भएको र पानीको मात्रा कम भएकाले शल्यक्रिया गर्नु पर्छ भनेर डाक्टरहरुले भनेको थियो हामीले भर परेर शल्यक्रिया गर्यौ तर नितुको त आन्द्रा नै काटिदिए उहाँले दुखेसो पोख्नु भयो । नितुको दिसा पिसाब गर्ने नलि काटिए पछि भारतको बिभिन्न अस्पतालमा उपचार गराउदा हाल सम्म करिब २६ लाख रुपैयाँ सकिदा सम्म पनि सन्चो हुने नसकेको श्रीमान भोलाले बताउनु भयो ।

शल्यक्रिया गरेको आठ महिना बिती सक्दा पनि नितुको स्वास्थ्यमा कुनै सुधार नआएको उहाँले बताउनु भयो । नितुको आईसियूमा राखेर उपचार भैरहेको छ, उनको उपचार गर्दा २६ लाख बढी सकियो, तर स्वास्थ्यमा कुनै सुधार भएको छैन्, भोलाले बताउनु भयो । भोलाले श्रीमतीको उपचार गर्दा आफु संग भएको सबै पैसा सकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो –“ म संग भएको सबै पैसा सकियो, नितुको स्वास्थ्यमा सुधार आएको छैन्, अब मलाई आर्थिक कसरी संकलन गर्ने भन्ने चिन्ता लागेको छ, ।” उहाँले श्रीमतीको उपचारको लागी आर्थिक सहयोग गरिदिन सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ । ”श्रीमतिको उपचार का लागी रकम संकलन गर्न यतिबेला उहा सदरमुकाममा भौतारि रहनु भएको छ ।

प्रकाशित मिति : २०७४ साउन २५ गते बुधवार
प्रतिक्रिया