तुलसीपुरका कोरोना संक्रमित दुई सुत्केरी महिलाको निधन

तुलसीपुर, ६ बैशाख । तुलसीपुरकी कोरोना संक्रमित एक सुत्केरी महिलाको बाँकेको भेरी अस्पतालमा सोमवार विहान निधन भएको छ । तुलसीपुर ६ बस्ने २० बर्षिया एक महिलाको सोमवार विहान भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहालाई गएको चैत ३० गते कारोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनु भएको छ ।

उहा भरखरै सुत्केरी हुनु भएको थियो । उहाको अढाई महिने नवजात शिशु रहेको छ । उहाका आमा र भाईलाई पनि कोरोना संक्रमण देखीएको छ । उहाका भाईलाई कोरोना विशेष अस्पताल बेलझुण्डि र माईत तर्फको आमाको भेरी अस्पतालमा भर्ना भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । तुलसीपुरमा यस अघि पनि एक सुत्केरी महिलाको निधन भएको थियो । केहि समय अघि तुलसीपुर १० की एक कोरोना संक्रमित सुत्केरी महिलाको निधन भएको थियो । यो संगै तुलसीपुर अहिले सम्म दुई जना सुत्केरी महिलाको कोरोनाका कारण निधन भएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया