बाँकेमा कोरोना संक्रमित बृद्धको मृत्यु

फाईल फोटो

नेपालगञ्ज, ६ बैशाख । बाँकेमा कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो।

वैशाख ५ गते आईतबार कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएका बृद्धलाई घरमै राखिएको थियो। उहाँको आइतबार राति १२ बजेतिर घरमै मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया