तुलसीपुरमा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, ६ बैशाख । तुलसीपुरमा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको स्वाव परिक्षण गरिएकोमा १६ जनालाई संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल के.सीले जानकारी दिनुभएको छ ।

संक्रमीत हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ५ जना, वडा नम्बर ६ का ४ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ९ र वडा नम्बर १८ का एक एक जना रहेको फोकल पर्सन के.सीले जानकारी दिनुभएको छ । यो सगैं तुलसीपुरमा हाल सक्रिय संक्रमीतको संख्या ९१  पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया