कोरोना विशेष अस्पताल बेलझुण्डि फुलहाउस

तुलसीपुर, ५ बैशाख । लुम्बिनी प्रादेशिक अस्पतालका रुपमा सन्चालनमा आएको कोरोना विशेष अस्पताल बेलझुण्डि फुलहाउस भएको छ । पछिल्नो केहि दिन यता कोरोना संक्रमित ह्वात्तै बढेपछि अहिले २५ वेडमा सन्चालनमा रहेको अस्पताल अहिले भरिभराउ भएको छ । दैनिकजसो कोरोना संक्रमित थपिन थालेपछि केहि दिन देखी अस्पताल भरिभराउ भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनु भएको छ ।संक्रमितको संख्या बृद्धि भएपछि थप आउने नयाँ संक्रमितलाई व्यवस्थापन गर्न समेत समस्या भएको छ ।

कतिपय होम आईसोलसनमा बस्दा पनि अस्पतालको वेड खाली नभएको उहाले जानकारी दिनु भएको छ । अब आउने नयाँ संक्रमितहरुलाई कहाँ राख्ने भन्ने चिन्ता छ । सामान्य लक्षण भएकालाई होम आईसोलन तथा होटेल आईसोलनमा राख्न सकिने अवस्था भएपनि गम्भिर प्रकृतिका संक्रमितलाई राख्ने ठाउँको अभाव हुने गरेको छ । अस्पतालमा अहिले २६ जना कोरोना संक्रमित रहेका छन् ।

घोराहीका १५ जना, तुलसीपुरका ८ जना, शान्तीनगरका २ र रोल्पाका एक जना रहेका छन् । आईतवार दुई जना संक्रमितलाई डिस्चार्ज गरिएता पनि फेरी थप एक भर्ना भएको व्यवस्थापक वलीले जानकारी दिनुभयो । विगतमा ५० वेडको क्षमता भएको अस्पतालमा पछिल्नो समय कोरोना जोखिम घटेको समयमा २५ वेडको बनाईएको थियो । तर माहामारी घट्नुको साटो दोस्रो लहर सुरु भएसंगै फेरी कोरोना विशेष अस्पतालहरुको आबश्यकता बढेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया